होटलमा तास खेलिरहेका अवस्थामा नौ जना रङ्गे हात पक्राउ

जनकपुरधाम । तास खेलिरहेको अवस्थामा रौतहटमा नौ जनालाई रौतहट प्रहरिले पक्राउ गरेको छ । शनिबार ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले तास खेल्दै गरेको अवस्थामा गरुडा नगरपालिका–४ गरुडा बजार निवासी २५ वर्षीय रामशरण चौरसिया, २४ वर्षीय को जय प्रकाश साह, २६ वर्षीयको अशोक चौधरी, ३६ वर्षीय हरिष जयसवाल, २२ वर्षीय को मुकेश साह, २७ वर्षीय रोहित जयसवाल, ३० वर्षीय जंग बहादुर यादव, २३ वर्षीय उमेश राय, ४२ वर्षीय उपेन्द्र राउतलाई पक्राउ गरेको छ ।


ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको प्रहरी टोलिले चन्द्रनिगाहपुरको एक होटलको ३ सय १ नम्बर कोठाबाट पक्राउ गर्दा उनीहरु बसेको खालबाट खुल्ला तासको पत्ती ४१२ थान, रातो निलो रंगको सिल प्याक तास बुक थान ८, र नगद दुई लाख उन्नासी हजार बरामद गरेको छ । पक्राउ परेका लाई आबश्यक कानुनी कारबाही गरिने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक सिद्धि बिक्रम शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..