फेरि प्रधानमन्त्री बन्छु कि भन्ठानेर कसैले जालझेल नगरोस् : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले संविधानलाई कुल्चिने काम गर्ने विरुद्ध आफूहरू चुप लागेर नबस्ने बताएका छन् । सर्वोच्च अदालतले गलत काम सच्चाइएको स्मरण गर्दै उनले कसैले जालझेल गरेर फेरि प्रधानमन्त्री बन्छु भनेर नलागे हुने टिप्पणी गरेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले अहङ्कारले मान्छेलाई पतनको बाटो डोहो¥याउने बताएका छन् ।

नेता नेपालले आफू विचारमा अडिग योद्धा रहेको भन्दै मैदान छोडेर भाग्ने कुरा नहुने बताएका छन् । शनिबार काठमाडौँमा अखिल फोर्सको बृहत् भेलालाई सम्बोधन गर्दै नेपालले आफू विचारमा अडिग योद्धा रहेको र कार्यकर्तालाई पनि त्यस्तै बन्न सुझाव दिँदै नेपालले आफूहरू मैदान छोडेर नभाग्ने बताएका हुन् ।

उनले निरङ्कुश र स्वेच्छाचारी प्रवृत्तिको विरोध गर्दै मनपरी, बेलगाम, अराजक भएर नेतृत्व नचलोस् भनेर होसियार बनाउन कार्यकर्ताले भूमिका खेल्नुपर्ने उल्लेख गरे । नेता नेपालले आफूलाई विचारहीन र सिद्धान्तहीन व्यक्तिहरूको भीड तयार गर्न नचाहेको जिकिर गरेका छन् । उनले अव नेपालमा राजतन्त्र फर्काउने दिवास्वप्त नदेख्न चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..