प्रमुख कार्यकारी घिमिरेलाई धम्की

बुटवल । लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले प्रदेश राजधानीको विषयलाई जोडेर आफूलाई एक व्यक्तिले ज्यान मार्ने धम्की दिएको बताएका छन् । सुवोध बेलवासे नामको फेसबुक आइडीबाट म्यासेन्ज पठाएर स्थायी राजधानीको काम तुरुन्त नरोके ज्यान मार्ने धम्की दिइएको घिमिरेले बताए ।घोराही–१७ का स्थायी बासिन्दा घिमिरेलाई शंकर पोखरेल नेतृत्वको सरकारले लुम्बिनी प्रदेशको पूर्वाधार विकास प्राधिकरणको प्रमुखमा नियुक्त गरेको थियो ।

घिमिरेले आफूलाई ‘बाँच्न मन छ र परिवारको माया छ भने दाङमा स्थायी राजधानीको काम तुरुन्त रोक्नू नत्र बुटवल आएपछि दाङ फर्कन पाउँदैनस् है’ भन्दै धम्की दिइएको बताएका छन् । बिहीबार राति ८ बजेर १० मिनेटमा म्यासेन्जरमा धम्कीपूर्ण म्यासेज आएको घिमिरेले बताए ।
प्रमुख घिमिरेले आफूलाई धम्की आएको विषयमा तीनवटै सुरक्षा निकायलाई जानकारी गराएको र आफ्नो ज्यानको सुरक्षा तथा अनुसन्धान गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय दाङमा लिखित निवेदन दिएको बताए ।

‘निकै तल्लोस्तरमा गालीगलोज सहित दिइएको धम्कीले असुरक्षाको महसुस भएको छ,’ प्रमुख घिमिरेले भने, ‘कुन नियतले कसरी यस्तो धम्की दिइयो गहिराइमा गएर अनुसन्धान होस् ।’अर्थ मन्त्रालयले बजेट रोकिदिएको विषयसमेत उल्लेख गरेर आफूलाई धम्की दिइएकाले आफूलाई धम्की दिने व्यक्ति सर्वसाधारण नभएको अनुमान उनले लगाए । स्थायी राजधानी दाङ बनाउने निर्णयबाट असन्तुष्ट स्वार्थ समूहले आफूलाई धम्की दिएको हुनसक्ने घिमिरेको अनुमान छ । आफू सरकारको निर्णय कार्यान्वयन गर्ने दायित्व बोकेको व्यक्ति मात्र भएकाले राजधानीसँग आफूलाई जोडेर धम्की दिनु गलत भएको घिमिरेको भनाइ छ ।


जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरशप्रसाद काफ्लेले घिमिरेलाई दिइएको धम्कीबारे अनुसन्धान शुरु भएको र छिट्टै दोषीलाई अनुसन्धानको दायरामा ल्याउने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..