सरकारी जग्गामा घर बनाएर दिने प्रलोभनमा ठगी गरेका खेमबहादुर बस्याल कारागार


कास्की । सरकारी जग्गामा घर बनाएर दिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा पक्राउ गरेका एक युवक जेल चलान भएका छन् । पोखरा–१४ भोटेचौतारास्थित सरकारी जग्गामा घर बनाएर दिने भन्दै स्थानीयसँग रकम ठगी गरेका स्याङ्जा भिरकोट–८ घर भएका खेमबहादुर बस्याल कारागार चलान भएका हुन् ।


सरकारी जग्गामा घर बनाएर दिने प्रलोभन देखिएर रकम ठगी गरेका बस्यालले भूमिसम्बन्धी समस्या समाधान आयोगको आधिकारिक लेटरप्याड, रबरछाप र अध्यक्षको दस्तखत किर्ते गरेर ठगी गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवं प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । स्थानीयसँग मोटो रकम ठगी गरेको उजूरी परेपछि प्रहरीले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान पछि जिल्ला अदालत कास्कीमा पेश गरेको थियो ।

त्यसपछि अदालतले बस्याललाई ठगी मुद्दामा दुई लाख र लिखत सम्बन्धी मुद्दामा एक लाख ५० हजार धरौटी रकम माग गरेमा धरौटी रकम जम्मा गर्न नसके पछि जेल चलान भएको डिएसपी तिवारीले बताए । अभियुक्त बस्यालले भोटे चौताराको सरकारी जग्गामा घर बनाएर दिने भन्दै स्थानीयसँग ९ लाख ४६ हजार ठगी गरेको खुलेको छ ।

बस्याल केही समय फरार रहेकोमा यही मंसिर १९ गते पक्राउ गरी प्रहरीले अदालतमा पेश गरेको थियो ।उनी विरुद्ध २१ जना पीडितहरुले ठगी सम्बन्धी कसुरमा जाहेरी दर्ता गराएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..