सरकारी जग्गामा घर बनाएर दिने प्रलोभनमा ठगी गरेका खेमबहादुर बस्याल कारागार


कास्की । सरकारी जग्गामा घर बनाएर दिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा पक्राउ गरेका एक युवक जेल चलान भएका छन् । पोखरा–१४ भोटेचौतारास्थित सरकारी जग्गामा घर बनाएर दिने भन्दै स्थानीयसँग रकम ठगी गरेका स्याङ्जा भिरकोट–८ घर भएका खेमबहादुर बस्याल कारागार चलान भएका हुन् ।


सरकारी जग्गामा घर बनाएर दिने प्रलोभन देखिएर रकम ठगी गरेका बस्यालले भूमिसम्बन्धी समस्या समाधान आयोगको आधिकारिक लेटरप्याड, रबरछाप र अध्यक्षको दस्तखत किर्ते गरेर ठगी गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवं प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । स्थानीयसँग मोटो रकम ठगी गरेको उजूरी परेपछि प्रहरीले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान पछि जिल्ला अदालत कास्कीमा पेश गरेको थियो ।

त्यसपछि अदालतले बस्याललाई ठगी मुद्दामा दुई लाख र लिखत सम्बन्धी मुद्दामा एक लाख ५० हजार धरौटी रकम माग गरेमा धरौटी रकम जम्मा गर्न नसके पछि जेल चलान भएको डिएसपी तिवारीले बताए । अभियुक्त बस्यालले भोटे चौताराको सरकारी जग्गामा घर बनाएर दिने भन्दै स्थानीयसँग ९ लाख ४६ हजार ठगी गरेको खुलेको छ ।

बस्याल केही समय फरार रहेकोमा यही मंसिर १९ गते पक्राउ गरी प्रहरीले अदालतमा पेश गरेको थियो ।उनी विरुद्ध २१ जना पीडितहरुले ठगी सम्बन्धी कसुरमा जाहेरी दर्ता गराएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..