नाडा अध्यक्षमा १४ सय १३ मत ल्याएर बिजयी भए ध्रुब थापा


काठमाडौं। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको अध्यक्षमा ध्रुब थापा निर्वाचित भएका छन्। थापाले १४ सय १३ मत पाएर अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी करण चौधरीले १३ सय ४७ मत पाएका थिए।
नाडाको यो पटकको चुनाबमा थापा र चौधरीले प्यानलनै बनाएर मत मागेका थिए। चौधरी हारेपनि उनको प्यानलका १२ जना विजयी भएका छन् भने थापाको प्यानलबाट ५ जना निर्वाचित भएका छन्।

चौधरी पक्षबाट राजनबाबु श्रेष्ठ, सुनिल रिजाल, सुरेन्द्रकुमार उप्रेती, अनुपकुमार बराल, मिलनबाबु मल्ल, अभिक ज्योति, प्रकाश कपुरी, बिक्रम सिंहानिया, बरदान बस्नेत, निलमणि पाठक, पंकज अग्रवाल र गोपाल भट्टराई निर्वाचित भएका छन्।थापा पक्षबाट निराकार श्रेष्ठ, आकाश गोल्छा, कपिल शिवाकोटी, प्रदीपमान प्रधान र यमुना श्रेष्ठ निर्वाचित भएका छन्।यो पटक दुबै समूहले प्यानल बनाएर १७/१७ पदमा उम्मेद्वारी दिएका थिए।

संघीय संरचना अनुसार नाडाको संरचना विस्तार गर्दा यो पटक २२ सय नयाँ सदस्य थपिएका थिए। कतिपयले नाडाको यो पटकको चुनाबलाई एफएनसीसीआईको मिनी इलेक्सनको रुपमा समेत टिप्पणी गरेका थिए।निर्वाचनमा ठूला व्यवसायिक घराना (जसका कम्पनी नेपालमा सवारी साधन आयातको अधिकृत बिक्रेता छन्) समेत विभाजित भएका थिए।चौधरीसँग सिप्रदी ट्रेडिङ, महिन्द्रा गाडीको अधिकृत बिक्रेता अग्नि इन्कर्पोरेटेड हिरोको अधिकृत बिक्रेता नेपाल जेनरल मार्केटिङ, आइएमई मोटर्स, मोरङ अटो वर्क्स लगायतका ठूला व्यवसायीको समर्थन थियो।

थापा समूहसँग ठूला गाडीका अधिकृत बिक्रेता लक्ष्मी हुण्डाई, गो फोर्ड, शंकर समूहको जगदम्बा मोटर्सको समर्थन थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..