मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु र एक जना घाईते

मोरङ । मोरङ बेलबारी नगरपालिका ९ तिनकुटिया स्थित सडकखण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु र एक जना घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक बेलबारी ९ का २८ बर्षीय उमेश चौधरी रहेका छन् ।

हिजो राती १० बजे दक्षिणबाट उत्तर जादै गरेको प्र.१-०२-०४३प ५७६८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकको साईडमा रहेको बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना भएको थियो ।

सो दर्घटनामा परि गम्भिर घाईते भएका चौधरीको न्युरो अस्पताल विराटनगरमा राती ११ बजे मृत्यु भएको थियो भने मोटरसाईकल पछाडी सवार सोही स्थानका ३० बर्षीय श्रवण कुमार विश्वास समेत घाईते भई सोही अस्पतालमानै उपचार भईरहेको छ । मोटरसाईकल अस्थाई प्रहरी चौकी डाँगाबजारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..