नक्कली बाबु छोरी बनी नागरिकता लिएको अभियोगमा दुईजना पर्सा प्रहरीको नियन्त्रणमा

पर्सा । नक्कली बाबु र छोरी बनी नागरिकता बनाएको अभियोगमा पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बहुदरमाई नगरपालिका-२ बस्ने ५१ वर्षीय धुरुप प्रसाद पटेल र सोही ठाउँ बस्ने भारत घर भएकी २८ वर्षीया कविता कुमारी भन्ने सीता पटेल रहेका छन् ।

भारतीय नागरिक सीता पटेलले कविता कुमारीको नामबाट झुट्टा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय पर्साबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको भन्ने सूचना प्राप्त हुँनासाथ वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले सिताको साथबाट धुरुप प्रसाद पटेलको छोरी कविता कुमारीको नाममा जिल्ला प्रशासन कार्यालय पर्साबाट २०७० पुस ११ गते जारी भएको नागरिकता प्रमाण पत्र नम्बर ३४-०१-७०-१०३५२ को नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि फेला पारी सिता र उक्त नागरिकता बनाउन बुवा बनी सनाखत गरिदिने धुरुप प्रसादलाई समेत पक्राउ गरेको हो ।

उनीहरु उपर नागरिकता सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..