सुजिता मृत्यु प्रकरण : दाजुसँग विवाह गर्न नपाएपछि आतमहत्या सुकदेव भण्डारी पक्राउ

चितवन । चितवनस्थित राप्ती नगरपालिका ३ की सुजिता भण्डारीले दाँजुसँग विवाह गर्न नपाएपछि जंगलमा गएर आत्महत्या गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यलय चितवनले शुक्रबार चितवनमा पत्रकार सम्मेलन गर्दै सुजिता आफ्नै ठुलोबावुको छोरासँग प्रेममा रहेको जानकारी दियो ।


सुजिताले आफ्नै ठूलोबुवाको छोरा झापाको झापा गाउँपालिका–६ शरणमतिका २३ वर्षीय सचिन भन्ने सुकदेव भण्डारीसँग प्रेम गर्ने गरेको प्रहरीले तथ्य फेला पारेको थियो ।सुजिताले सुकदेवलाई विवाह प्रस्ताव राखेको र सुकदेवले अस्वीकार गरेपछि जंगलमा पुगेर आत्महत्या गरेको प्रहरीले निषकर्ष निकालेको छ । सुजिता र सुकदेव लामो समयदेखि प्रेम सम्बन्धमा रहेको समेत तथ्य फेला पारेको प्रहरी नावय उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिए ।


सुजिताले गत असारको ९ गते सुकदेवसँग विवाहको प्रस्ताव गरेकी थिइन् । सुकदेवले नमानेपछि दुई जनाबीच विवाद भएको थियो । सुजिताले विवाह नगरे मर्ने धम्की दिएकी थिइन् । सुकदेवले ‘जे गर्छस् गर’ भनेपछि दुई जनाबीच सम्पर्क नभएको प्रहरी अनुसन्धानमा देखिएको छ ।


उनीहरुबीच विवाहपछि सकेसम्म विदेश जाने, सम्भव नभए एकआपसमा अपहरणको बाहना बनाइ कसैले थाहा नपाउने ठाँउमा गएर बस्ने योजना बनाएको अनुसन्धानबाट खुलेको छ ।सुकदेवलाई काठमाडौंबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओमप्रकाश अधिकारीले बताए ।

सुजितासँग खिचेको फोटो सुकदेवले डिलिट गरेका थिए ।प्रहरीले मोबाइलबाट सबै फोटो रिकभर गरेर झिकेको छ । सुकदेव र सुजिता काठमाडौंमा एकैसाथ बस्ने योजना बनाएको डीएसपी रानाले बताए । दिदीको घर गएकी सुजिताले सुकदेवलाई काठमाडौंमा तुरुन्त कोठा खोज्न दबाब समेत दिइएकी पाइन्छ ।गत असार २० गते ब्रह्मास्थान सामुदायिक वनको भीरमा सुजिताको शव भेटिएको थियो । सुजिता असार ११ गते साथीको घरमा जान्छु भनेर हिँडेकी थिइन् ।


सुजिताकी आमा अम्विका भण्डारीले सुकदेवबिरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएकी छिन् । सूरुमा परिवारले हत्याको आशंका गरेर जाहेरी दिएका थिए ।अहिले घटनाको विषयमा थाहा पाएपछि सुकदेवको बिरुद्धमा जाहेरी दिएको प्रहरीले जानकारी गराएको थियो । चितवन प्रहरीले जिल्ला अदालतबाट ७ दिन म्याद थप गरेर अनुसन्धान गरेर अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..