नक्कली नो अब्जेक्शन लेटर कीर्ते गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । नक्कली नो अब्जेक्शन लेटर कीर्ते गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।प्रहरीको केन्द्रीय अनुसान ब्‍यूरोले झापा भद्रपुर नगरपालिका १५ घर भएका २४ वर्षीय सुमन राजवंशीलाई सिनामंगलबाट पक्राउ गरेको हो ।


राजव्शीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अर्कै ब्यक्तिको नाममा जारी भएको एनओसी नम्बर ७७१२८९२ को नो अब्जेक्शन लेटरमा विवरण कीर्ते गरी आफ्नो नाममा जारी भएको बनाई युक्रेन जान लागेको प्रहरीको दाबी छ ।


पक्राउ परेका उनलाई महानगरीय प्रहरी परिसर, काठमाण्डौमा पठाइएको प्रहरी उपरीक्षक (एसपी) श्‍याम कुमार महतेले जनाकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..