चितवनमा मृत भेटिएका सैनिकलाई आफ्नै साथीले गोली हानी हत्या गरेकाे पुष्टि

चितवन । चितवनको शारदानगरस्थित घोलमा बिहीबार बिहान मृत भेटिएका नेपाली सेनाका हुद्दा भरत गुरूङलाई आफ्नै साथीले गोली हानी हत्या गरेको पुष्टि भएको छ ।काठमाडौंबाट सँगै चितवन आएका सिपाही गंगाधर ढकालले भरतको गोली हानी हत्या गरेको भेटिएको चितवन प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

जिल्ला प्रहरीका प्रमुख एसपी ओमप्रसाद अधिकारीले चितवनमा बैना गरिएको जग्गा पासका लागि आएका भरतको उनकै विश्वासिला साथी ढकालले हत्या गरेको बताए । एसपी अधिकारीका अनुसार भरतपुर(२१ का गंगाधरलाई गुरूङले विश्वास गरेर बैंकको चेक नै दिएका थिए ।

काठमाडौंस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको महेन्द्रदल गणमा कार्यरत भरतले साउन ५ गते चितवन आउनका लागि बिदा लिए । साथी गंगाधरलाई चितवन जानका लागि लिन आउन बोलाएका थिए ।

गंगाधरकै मोटरसाइकलमा आएका उनीहरू सो दिनको राति चितवनको एक होटलमा बास बसेर रक्सि खाएका थिए । अधिकारीले दिएको जानकारीमा बिहान करिब ६ बजेतिर शारदानगरको सिमलडाँडामा पुगेपछि गंगाधरले पिसाब फेर्ने भनेर मोटरसाइकल रोकेका थिए ।


‘भरत फर्किएर मोटरसाइकलमा आड लगाएर बसे। गंगाधरले झोलामा रहेको हतियार ‘एसएमजी’ झिकेर भरतको टाउकोमा एक राउण्ड गोली हानेछन्,’ एसपी अधिकारीले भने, ‘त्यसपछि मृतकलाई तानेर घोलमा फालेर हिँडेछन्।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..