एमसीसीको कुरा निकालेर गठबन्धन भाड्न खोजियो : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिकी सहयोग परियोजना एमसीसीको कुरा छिराएर कांग्रेस र कम्युनिष्टको गठबन्धन भाड्न खोजिएको जिकिर गरेका छन् । शनिबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कांग्रेस र कम्युनिष्टको गठबन्धन भाड्न खोजिएको बताएका हुन् ।

कसले भाड्न खोजेको भनेर स्प्रष्ट रुपमा नभने पनि उनले भने “कांग्रेस र कम्युनिष्ट भनेर भत्काउन पनि खोजिँदै छ,” दाहालले भने, “तपाईंहरूले देखिरहनु भएकै छ, फर्मानका फर्मान घोषणा भएका छन् एमालेभित्र। अनेक प्वाल खोजेर हान्न खोजिँदै छ।”

एमाले उपाध्यक्ष भीम रावलको कुरा उठाउँदै गठबन्धनमा लागेका एक संक्रिय नेतालाई भाडेर गठबन्धन कमजोर बनाउन खोजेको बताए । गठबन्धन बनाउँदा राम्रोसँग लागेका रावलले सांसदबाट राजीनामा दिएको प्रशंग निकाल्दै दाहालले भने, “यो गठबन्धन भत्काउन कसरत हुँदा केही साथीहरू नपत्याउँदो किसिमले ढल्दिनु भयो।

राजीनामा प्रकरणले थाहा हुन्छ गठबन्धनमा राम्रो भूमिका खेलेका, बडो स्पिरिटका साथ काम गरेका साथीहरू पनि ढले। त्यतिकै ढलेका होइनन्, बडो गम्भीर ढंगले चीजहरू भएका छन्।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..