जुवा खालबाट १९ जुवाडे पक्राउ

हुम्ला । हुम्ला प्रहरीले सीमकोटबाट १९ जनालाई जुवा खालबाट पक्राउ गरेको जनाएको छ । प्रहरीले सिमकोट स्थित माथिल्लो बजार भन्ने स्थानको एक घरबाट दुई समुह बनाएर जुवा खेलिरहेका १९ जनालाई पक्राउ गरेको हो ।


जिल्ला प्रहरी कार्यालय हुम्लामा प्रमुख प्रहरी नायव उपरिक्षक हेरम्ब शर्माका अनुसार उनीहरुको साथबाट ४३ हजार ३१६ रुपैयाँ समेत जफत गरिएको छ ।
शर्माले जुवा खेलिरहेको अवस्थामा विशेष सूचनाका आधारमा जुवाडेलाई पक्राउ गरिएको बताए । उनले भने, ‘जुवा खेल्ने र जुवा खेलेको हेर्नेहरूलाई पनि नियन्त्रणमा लिइएको छ ।’

पक्राउ पर्नेमा राजनीतिक दलका नेता, सरकारी कर्मचारी, बैंकका कर्मचारी, व्यापारी र सर्वसाधारण समेत रहेको बनाइएपनि प्रहरी प्रमुख शर्माले नाम भने उल्लेख गर्न चाहेनन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..