श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

झापा । आफ्नी ३४ वर्षीया श्रीमतीको हत्या गरी फरार सजिलाल रिख्यासनलाई प्रहरीले पक्राउ गरेको छ ।श्रीमती हत्या आरोपमा मोरङ रंगेली नगरपालिका वडा नम्बर-९ सखुवाथान घर भई गौरादह नगरपालिका वडा नम्बर–१ शितल चोक बस्ने ३९ वर्षीय श्रीमान् सजिलाललाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई सोमबार बिहान प्रहरीले मोरङ प्रहरी कार्यालयको सहयोगमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

उनीमाथि आफ्नी ३४ वर्षीया श्रीमती संगीता टुडुको हत्या गरेको आरोप छ ।गत बिहीबार बिहान रिख्यासनले आफ्नी श्रीमती संगीतालाई खेत नजिकैको टहरामा लगेर निर्ममतापूर्वक हत्या गरी फरार रहेका थिए ।


उनलाई पक्राउ गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..