बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका दुई जना पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार भएका दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले काठमाडौंको टोखाबाट टोखा नगरपालिका–२ का ४८ वर्षीय मिलन डंगोल र कलंकीबाट काठमाडौं महानगरपालिका–२२ घर भई हाल वडा नम्बर १३ मा बस्ने ६३ वर्षीय देवनारायण महर्जनलाई सोमबार पक्राउ गरेको हो ।

उनीहरु दुवैलाई चेक बाउन्सको मुद्दामा उच्च अदालत पाटनले दोषी ठहर गरेको थियो । डंगोललाई ७ दिन कैद र १५ लाख जरिवाना तथा महर्जनलाई ५ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना गर्ने फैसला भएको थियो ।

पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..