पेस्तोल र भरुवा बन्दुकसहित पाँचजना पक्राउ

कपिलवस्तु। कपिलवस्तुमा पेस्तोल र भरुवा बन्दुकसहित पाँचजना पक्राउ परेका छन् ।प्रहरीले कपिलवस्तु नगरपालिका–११ जहदीबाट युपि ५५ डब्लु ८३२४ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार मातेश्वर प्रसाद यादवलाई एक थान पेस्तोल सहित पक्राउ गरेको हो ।

यादव यस अघि २०७५ असार १७ गते र २०७७ फागुन १७ गते पनि हात–हतियार सहित पक्राउ परेर छुटेका थिए ।यस्तै बाणगंगा नगरपालिका–८ मोर्मीबाट ५१ वर्षीय टीकाराम थापा, २५ वर्षीय गुमबहादुर राना, वर्ष ४७ को मीनबहादुर सेन र ४१ वर्षीय गोपाल थापा पक्राउ परेका हुन् ।

गोपाल थापा मगरको घरबाट फलाम जडित १ नाले भरुवा बन्दुक एक थान, टिकाबहादुर थापाको घरबाट २ थान भरुवा बन्दुक र गुनबहादुर रानाको घरबाट फलामले बनेको १ नाले भरुवा बन्दुक र बारुद राखेको २ वटा बट्टा, २९४ ग्राम बारुद र ६० थान छर्रा बरामद गरिएको कपिलवस्तु प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..