कञ्चनपुरमा मृत भेटिए बाबा
शव परीक्षण गर्न अस्पताल

कञ्चनपुर। मृत अवस्थामा फेला परेका कञ्चनपुरको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल लिङ्गेश्वर धामका बाबा किसन नाथको शव घटनास्थलबाट उठाइएको छ ।शनिबार बिहान वेदकोट नगरपालिका–४ मा पर्ने शिव लिङ्गेश्वर धाममै मृत अवस्थामा फेला परेका ७५ वर्षीय नाथको शव परीक्षणका लागि महाकाली अस्पतालमा लगिएको कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी सिद्धराज न्यौपानेले जानकारी दिए ।

विगत ४ वर्षदेखि धाममै बस्दै आएका नाथ शनिबार बिहान सुुत्ने कोठा बाहिर ढलेको अवस्थामा मृत फेला परेका थिए । उनी मुुखबाट रगत बगेको र रगत वान्ता गरेको देखिएको प्रहरीले जनाएको छ ।

स्थानीयले उनको हत्या भएको आशंका गरेपनि प्रारम्भिक अनुुसन्धानका क्रममा हत्याको आशंकालाई बल पुुग्ने प्रमाण फेला नपरेको डीएसपी न्यौपानेको भनाइ छ । यद्यपि शव परीक्षणबाट थप कुरा खुुल्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..