प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव गरेको विश्वासको मतको पक्षमा १६५ मत परेको छ । उनलाई नेपाली काँग्रेसका ६१, नेकपा माओवादी केन्द्र ४९, जनता समाजवादी पार्टीका ३२ र नेकपा एमालेको माधव नेपाल पक्ष र जनमोर्चाका सांसदले विश्वासको मत दिएका हुन् ।

प्रतिनिधि सभाका कुल २६७ सांसदमध्ये कुल २४९ सांसदहरु मतदानमा उपस्थित भएका थिए । देउवाको विश्वासको मतको विपक्षमा ८३ मत परेको थियो । कतै पनि मत दिन्न भन्ने पक्षमा १ मत पुगेको छ । नेकपा एमालेको केपी शर्मा ओली पक्षले विपक्षमा मतदान गरेको हो ।

दिनभर नाटकीय घटनाले नयाँ मोडहरु लिनुका बाबजुद देउवाले विश्वासको मत पाएका हुन् । उनलाई सुरुमा एमालेको माधव नेपाल पक्षका २३ भन्दा बढी सांसदले मत दिने अपेक्षा गरिएको थियो । तर, नेपाल पक्षमै विभाजन आएर संख्या घट्यो ।

यसैगरी, साँझ जसपाको महन्थ ठाकुर पक्षले पनि विश्वासको पक्षमा मतदान गर्ने घोषणा गर्यो । यसले नेपाल पक्षका बढी भन्दा बढी सांसदले मत नदिने घोषणा गर्न थाले । जसका कारण संख्या घट्यो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..