अख्तियारको डीएसपी हुँ भनी धम्क्याएको आरोपमा पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एग्रोमार्ट नेपाल प्रालि भैसेपाटीका अध्यक्ष अर्जुन भट्टलाई पक्राउ गरेको छ ।एमपी ईन्टरप्राइजेज ललितपुरको पुँजी वृद्धि गर्नका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलमा पुगेका उनले आफूलाई अख्तियारको कर्मचारी (डि.एस.पी) हुँ भनी महानिर्देशक तथा अन्य कर्मचारीहरुलाई धम्की दिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।


विभागमा काम गर्न अनावश्यक दवाव दिएको, विभिन्न स्थानमा नेपाल चेम्बर अफ कर्मशको अध्यक्ष, राष्ट्रिय कृषि बिकास कम्पनीको सिईओ एवं माथिल्लो तहका व्यक्तिहरुसँग सम्पर्क छ भनी प्रभावमा पार्दै हिँडेको भन्ने सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएको उनले बताए ।

भट्टमाथि थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय अपराध महाशाखामा बुझाइएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..