प्रधानमन्त्री बनाउने किङमेकर अध्यक्ष प्रचण्ड

काठमाडौं । देशमा पछिल्लो आधा दशक एमाले अध्यक्ष केपी ओली केन्द्रमा रहे । पहिलो पटक प्रधानमन्त्री बन्दा नौ महिनासम्म ओली हाईहाई भए । तर, दोस्रोपटक प्रधानमन्त्री बनेपछि ओली हिरोबाट एकाएक जिरोमा आइपुगे ।

देशमा अहिलेसम्म कम्युनिस्ट पार्टीबाट ६ जना प्रधानमन्त्री बनेका छन् । मनमोहन अधिकारी, झलनाथ खनाल, माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, डा बाबुराम भट्टराई र केपी ओली कम्युनिस्ट प्रधानमन्त्री हुन् । मनमोहन अधिकारीबाहेक सबैजनालाई प्रधानमन्त्री बनाउने किङमेकर भने प्रचण्ड हुन् ।

पहिलो संविधानसभाको निर्वाचनपछि तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड सामान्य बहुमतको प्रधानमन्त्री बने । एकलौटी सरकार चलाए । त्यसबेला माओवादीले प्रत्यक्षतर्फ दुई सय ४० सिटमा एक सय २० सिट जितेको थियो । तर, संविधानसभाबाट संविधान बनेन । उनले एक वर्ष पनि सरकार चलाउन सकेनन् । सेनापति काण्डमा उनले प्रधानमन्त्रीबाट राजीनामा दिए ।

आफूपछि उनले एमालेका अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री बनाए । त्यो सरकार पनि नौ महिना टिकेन । अहिलेका प्रधानमन्त्री ओलीलगायतको असहयोगले खनाल सरकार ढल्यो । 

खनालपछि एमाले नेता माधवकुमार नेपाललाई प्रचण्डले प्रधानमन्त्री बनाए । सुरुमा माओवादीको समर्थनमा प्रधानमन्त्री बनेका माधव पछि माओवादीकै तारो बन्यो । माधवलाई प्रधानमन्त्री बनाउन प्रचण्डको प्रमुख भूमिका थियो । माधव नेपाल १८ महिना प्रधानमन्त्री बने । 

दोस्रो संविधानसभा निर्वाचनअघि माओवादीबाटै डा बाबुराम भट्टराई प्रधानमन्त्री बने । उनलाई प्रचण्डले नै प्रधानमन्त्री बनाएका हुन् । दोस्रो संविधानसभा निर्वाचनपछि कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री बने । उनकै पालामा संविधान बन्यो । संविधान जारी भएलगत्तै प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाए । तर, ओलीसँग प्रचण्डको सम्बन्ध बिग्रियो ।

प्रचण्ड कांग्रेसको सहयोगमा प्रधानमन्त्री बने । स्थानीय तहको निर्वाचन सुरु भयो । प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री छाडे । देउवाले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गराए ।

यसबीचमा ओली र प्रचण्डको सम्बन्ध कसिलो बन्यो । चुनावमा वाम एकता भयो । प्रचण्डकै सहयोगमा ओली दोस्रोपटक प्रधानमन्त्री बने । तर, साढे दुई वर्षपछि ओली र प्रचण्डबीच तिक्तता सुरु भयो । ओलीले प्रचण्डलाई प्रधानमन्त्री छाड्न मानेनन् । भद्र सहमतिको उल्लंघन गरे । अहिले साढे तीन वर्षपछि प्रचण्डले ओलीलाई सडकमा पुर्याइदिएका छन् । त्यसैले नेपालमा ओली होइन, प्रधानमन्त्री बनाउने किङमेकर चाहिँ प्रचण्ड नै हुन् भन्ने पुष्टि हुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..