बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरु पक्राउ


काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा महालक्ष्मीनगरपालिका -४ ललितपुर घर भइ काठमाडौं महानगरपालिका-१० थापागाउँ बस्‍दै आएका ४९ वर्षीय गणेशमान श्रेष्ठ र काठमाडौं महानगरपालिका-१९ ढोकाटोल घर भइ शान्तिनगर बस्‍दै आएका महेन्द्र प्रसाद मिश्र रहेका छन् ।

उच्च अदालत पाटनको २०७७ फागुन ४ गतेको फैसलाले श्रेष्ठलाई १५ दिन कैद र ५५ लाख जरिवाना सुनाएको थियो भने मिश्रलाई उच्च अदालत पाटनले २०७६ साल मंसीर २२ गते ७ दिन कैद र ५२ लाख जरिवाना सुनाएको थियो ।


ब्यूरोले महाराजगञ्जबाट खटिएको प्रहरीले श्रेष्ठलाई लामाटार ललितपुरबाट र मिश्रलाई काठमाडौंबाट पक्राउ गरेको जनाएको छ ।पक्राउ परेका दुवैजनाले पीडितलाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्‍ने जानी जानी झुक्याएर माछापुच्छ्रे र सेन्चुरी बैंकका बिभिन्न रकमका चेकहरु आ-आफ्नो खाताबाट भुक्तान हुने गरी पीडितहरूलाई दिएका थिए।


बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले उक्त सजाय हुने गरी फैसला सुनाएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..