कर्तब्य ज्यान मुद्धाका फरार प्रतिबादी पक्राउ

बिराटनगर । सुनसरी ईटहरी-१ का २४ बर्षीय रबिन चौधरीको हत्यामा संलग्न भई फरार रहेका प्रदिबादी ईटहरी-२ का ३१ बर्षीय उमेश श्रेष्ठलाई पक्राउ गरी कारागार चलान गरिएको छ । मिति २०६५ साल पौष १ गते रबिन चौधरीको ईटहरी-५ स्थित संगम चोकमा धारिलो हतियार प्रहारबाट मृत्यु भएको थियो ।

घटनाको अनुसन्धान तथा घटना घटाएर फरार रहेका प्रतिबादीहरुको खोजतलासलाई अभियानकै रुपमा तिब्रता दिईसंगै रबिनको हत्यामा संलग्न भई फरार रहेका उमेशलाई हिजो १ नम्बर प्रदेश प्रहरी कार्यालय(प्रादेशिक अनुसन्धान RIT) समुहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।


पक्राउ परेका उनलाई सम्मानित सुनसरी जिल्ला अदालतबाट कर्तब्य ज्यान मुद्धामा दोषी ठहर भई २० बर्ष कैद भुक्तानका लागी क्षेत्रीय कारागार झुम्का पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..