नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ

बिराटनगर । १ नम्बर प्रदेशका झापा, ईलाम र सुनसरी जिल्लाका तिन छुट्टाछुट्टै स्थानबाट आईतवार राती नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ परेका छन् ।

सुनसरीको ईटहरी उप-महानगरपालिका-४ क्षितिज मार्गमा लागुऔषध ब्राउनसुगरको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले तेह्रथुम म्याङलुङ ६ घर भई हाल ईटहरी उपमहानगरपालिका-४ बस्ने ३४ बर्षीय दुर्गा रसाईलीलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

रसाईलीको साथबाट प्रहरीले ५३ ग्राम २०० मिलिग्राम लागुऔषध ब्राउनसुगर, तौल नाप्ने डिजिटल उपकरण १ थान, मोवायल सेट ३ थान र नगद ९८ हजार १ सय ७५ बरामद गरेको छ ।

यसैगरी झापाको शिवसताक्षी नगरपालिका-६ बाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । आईतवार राती ९ बजेको समयमा ईलाका प्रहरी कार्यालय झिलझीलेबाट खटिएको प्रहरी टोलीले स्थानीय २३ बर्षीय रियाज अन्सारी र शिवसताक्षी नगरपालिका-४ का २१ बर्षीय संजय प्रधानलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

निजहरुको साथबाट प्रहरीले ५ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर, नगद रुपैयाँ १३ हजार, मोवायल ४ थान र निजहरुले प्रयोग गरेको को ७ प ४९०७ नम्बरको मोटरसाईकल समेत बरामद छ ।

यस्तै ईलामको चुलाचुली गाउँपालिका-५ का २९ बर्षीय प्रसाद लिम्बु नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । आईतवार राती १० बजेको समयमा प्रहरी चौकी पेल्टीमारीबाट खटिएको प्रहरी टोलीले ३३० मिलिग्राम लागुऔषध ब्राउनसगुर र नगद २० हजार २१० सहित लिम्बुलाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..