सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका-५ बाट ठुलो परिणामको लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् ।
उक्त स्थानमा लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका-५ का २२ बर्षीय मनिर उदिम मिया र ईनरुवा नगरपालिका-३ का ५७ बर्षीय नारायण प्रसाद सिवाकोटीलाई लागूऔषध Nitrosun एक हजार ट्याव्लेट, २ थान मोवायल र नगद ४० हजार ५ सय सहित पक्राउ गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


