कात्यानी चोकबाट पेस्तोलसहित एकजना पक्राउ


काठमाडौं । प्रहरीले काठमाडौंको बानेश्‍वर कात्यानी चोकबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धनुषा उपमहानगरपालिका-२ विधानगर टोल घर भइ काठमाण्डौ बसुन्धारा बस्दै आएका ३१ वर्षीय जय प्रकाश महतो रहेका छन् ।


काठमाडौं महानगरपालिका वडा नं. ३१ कत्यानी चोक ईलाकामा हतियार खरिद विक्री गर्न हिडिरहेको विशेष सूचनाको आधारमालाई महतोलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रमेश कुमार बस्नेतले जानकारी दिए ।

असार २३ गते पक्राउ परेका महतोलाई थप अनुसन्धानको लागि जिल्ला अदालत बबरमहलबाट ७ दिन म्‍याद थप गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..