सट्टा खेल्ने-खेलाउने ५ जना पक्राउ

काठमाडौं । यूरोकप र कोपा अमेरिका फुटबलमा सट्टाबाजी खेल्ने-खेलाउने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । रोकप फुटबल प्रतियोगिता २०२१ का खेलहरुको सामाजिक संजाल प्रयोग गरी अनलाइनको माध्यमबाट प्रत्येक खेलहरुमा बाजी थापी धेरै ठुलो धनराशी हारजित हुने गर्ने गरेको सुचनाका आधारमा ललितपुर प्रहरी परिसरले उनीहरुलाई पक्राउ गरेको हो ।

क्राउ पर्नेमा दिप्जल ढुंगाना, आशिष सिंह, राजु महर्जन, बिनोद महर्जन र सफिर राज राजकर्णिकार छन् । सबैजना ललितपुर निवासी हुन् ।ललितपुर जिल्लाको बिभिन्न स्थानहरुबाट सट्टेबाजीमा प्रयोग भएको मोबाईलहरु सहित पक्राउ गरी निजहरु उपर सट्टेबाजी गर्न नहुने सम्बन्धी कसुर मुद्धामा सम्मानित ललितपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई अनुसन्धान भई रहेको परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..