अपहरण, चोरी र बलात्कार घटनाका आरोपी पक्राउ

काठमाडौं । दाङमा अपहरण, डाँका चोरी र बलात्कारको आरोप लागेका दुई जना पक्राउ परेका छन् ।असार ६ गते रोल्पाको हेलेरीस्थित चुनढुंगा खानीबाट टिपरमा दाङको लमहीतर्फ आउँदै गर्दा कमानपुरस्थित करी सामुदायिक वनको जंगलमा टिपर चालक र सहचालकको अपहरण भएको थियो ।


उनीहरुलाई सालको रुपमा बाँधेर चालकको श्रीमती र सालीको गहना, मोवाइल, सुनका गहना लुटपाट गरी बलात्कार भएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा संलग्नको आरोपमा प्रहरीले लमही नगरपालिका–७ कमानपुरका १८ वर्षका किरण बुढा, वडा नं ६ देउपुर बस्ने २१ वर्षका अरविन्द चौधरीलाई पक्राउ गरेको छ ।

त्यस्तै कमानपुरका २१ वर्षका प्रेमबहादुर दमाइ भने फरार रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।प्रहरीले फरार अभियुक्तको फोटोसहितको विवरण सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..