सरकारी गाडीभित्र अश्लील क्रियाकलाप तीन पक्राउ

काठमाडौं । भक्तपुरको घ्याम्पे डाँडा जंगलमा गाडी राेकेर अश्लील क्रियाकलाप गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य गतिविधि गरेको आरोपमा तीन जना पक्राउ परेका हुन् ।


पक्राउ पर्नेमा सवारीचालक सिन्धुपाल्चोकका ४१ वर्षीय जितबहादुर खत्री र गाडीमा सवार शम्भु कार्की र अर्की २१ वर्षीया महिला छन् । कार्की र महिला गाडीभित्र अश्लील गतिविधि गरिरहेका थिए ।जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार जंगलमा प्रदेश नंं ३–०१–००२ झ ५०५२ नम्बरको गाडी रोकेर उनीहरु अश्लील गतिविधि गरिरहेका वेला बुधबार राति ११ बजे फेला परेका थिए ।


भक्तपुरका डीएसपी दिपक गिरीका अनुसार उनीहरुविरुद्ध सार्वजनिक स्थानमा यौन क्रियाकलाप गर्न नहुने कसूरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..