काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले बौद्धबाट ८ महिलासहित २८ जना जुवाडे पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–६ बौद्ध सिमलटारस्थित वाङचु शेर्पाको साढे तीन तल्ले घरको भुइँ तलामा जम्मा भएर जुवा/कौडा खेलिरहेको अवस्थामा प्रहरीले मंगलबार राति उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट १४ लाख ५९ हजार रुपैयाँ, भारु ११ हजार ४ सय १ लाख र ८० हजारको दुई थान चेक, ३० थान कौडा र १३ थान तासबुक समेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा जुवा खेलाउने सोही स्थानमा बस्ने ४० वर्षीय लालबहादुर विक छन् ।
यस्तै, धादिङका ३७ वर्षीय मानबहादुर तामाङ, दोलखाका ४१ वर्षीय अशोक घिसिङ, बौद्धका २४ वर्षीय रन्जित खड्गी, कुमारीगालका ३३ वर्षीय अमरबहादुर गुरुङ, रामहिटीका ४७ वर्षीय पुरुषोत्तम चालिसे र रसुवाका २६ वर्षीय प्रकाश घले पक्राउ परेका छन् । कीर्तिपुरका ४२ वर्षीय कृष्णचरण विक, बूढानीलकण्ठका ३५ वर्षीय दोर्जे शेर्पा, बौद्धका ४९ वर्षीय प्रविन लामा, सिन्धुपाल्चोकका ३६ वर्षीय वाङचु शेर्पा, बौद्धका रिन्जेन लामा, कपनका ३६वर्षीय पासाङ शेर्पा, जोरपाटीका २१ वर्षीय सम्राट लामा र बौद्धका ३८ वर्षीय चन्द्र लामा पनि पक्राउ परेका छन् ।
यस्तै, मकवानपुरका ३३ वर्षीय चिनकुमार गोले, बौद्धका ४२ वर्षीय राजन लामा, सिन्धुपाल्चोकका ४१ वर्षीय अशोक गिरी, दोलखाका ३५ वर्षीय विकास तामाङ, चितवनका ४७ वर्षीय जगतबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । चितवनकी ३५ वर्षीया रेखा गुरुङ, काभ्रे ३८ वर्षीया लक्ष्मी घलान बानिया, काठमाडौं थलीकी २५ वर्षीया गीता लामा, चितवनकी ४२ वषीया ओममाया गुरुङ, गौशालाकी ५० वर्षीया सुशीला श्रेष्ठ, धादिङकी ३० वर्षीया सरिता मल्ला गुरुङ, धादिङकी रन्जिता शाक्य र चितवनकी ३२ वर्षीया शान्ति लामा पनि पक्राउ परेका छन् ।
यस अघि पनि काठमाडौँ महानगरपालिका–२२ न्युरोडबाट १५ जुवाडे रु १३ लाखभन्दा बढी रकमसहित पक्राउ परेका छन् ।
उनीहरुको साथबाट रु १३ लाख ४३ हजार नगद, कौडा र ताससमेत बरामद गरिएको थियो । विश्वव्यापी महामारीका रूपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा जारी निषेधाज्ञालाई अवज्ञा गरी अवैधरूपमा पूर्णलाल महर्जनको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो ।
उक्त घरको छैटौँ तलामा अजय लामाले भाडामा लिएको कोठामा पैसाको बाजी लगाई हारजित हुने गरी जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा परिसर र वृत्त जनसेवाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । यसरी पक्राउ पर्नेमा काठमाडौँको मनहरा कागेश्वरी नगरपालिका–८ का ४९ वर्षीय विनोद कार्की, काभ्रेपलाञ्चोक दाप्चा घर भई काठमाडौँको बौद्ध बस्ने वर्ष ३३ वर्षीय अजय लामा, काठमाडौँ तारकेश्वर नगरपालिका बस्ने मुरारी भण्डारी, .रामेछाप सुनाकोठी घर भई हाल भक्तपुरको कौशलटार बस्ने विशाल चौलागाईं, मकवानपुर घर भई काठमाडौँको कलङ्की बस्ने राजु मोक्तान, काठमाडौँ–२२ का ५७ वर्षीय सञ्जीव श्रेष्ठ, काठमाडौँ कीर्तिपुर नगरपालिका–६ चोभार बस्ने वर्ष ३५ का सुमन कार्की, धादिङ ज्वालामुखी गाउँपालिका घर भई हाल काठमाडौँको सतुङगल बस्ने वर्ष ३० का भरत ईटानी रहेका थिए ।
यस्तै काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१ बस्ने वर्ष ४० का छिरिङ लामा, रामेछाप खाँडादेवी गाउँपालिका–२ घर भई काठमाडौँको गोठाटार बस्ने वर्ष ४२ का कल्याण कार्की, गोर्खा सिरानचोकका कुमार लामिछाने, ललितपुरका नरेन्द्र महर्जन, सप्तरीका सुमन खड्का, काठमाडौँ–१८ का पञ्चनारायण महर्जन र काठमाडौँ बाफल बस्ने भक्त बलामी पनि पक्राउ परेका थिए । बलामी भने भाग्ने क्रममा लडेर घाइते भएका थिए । दाहिने खुट्टा भाँचिएको थियो।


