काठमाडाैं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई, ओखलढुंगामा कार्यरत सव-इन्जिनियर राजन पासवानले भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएवापत सेवाग्राहीसँग रु. ३० हजार घुस/रिसवत माग गरेको आराेपमा अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगद्वार पक्राउ परेका छन् ।
निजले घुस मागेकाे सूचना एवं उजुरी निवेदनका आधारमा आयोगसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालय, ओखलढुंगाबाट खटिएको टोलीले निज राजन पासवानलाई सेवाग्राहीबाट रु. ३०,०००।– (तीस हजार रुपैयाँ) घुस/रिसवत लिएको अवस्थामा पक्राउ गरिएकाे हाे ।
२०७८ असार १५ गते नियन्त्रणमा लिई उक्त रकमसहित निजलाई २०७८ असार १६ गते आयोगमा बुझाएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएकाे छ ।


