काठमाडौँ । सरकारले केही दिन अघि बढुवा भएका चार जना सचिवको पदस्थापन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार दामोदर रेग्मीको गण्डकी प्रदेश प्रमुख सचिवमा पदस्थापन गरिएको छ भने गणेश प्रसाद पाण्डेलाई कर्णाली प्रदेश प्रमुख सचिवमा खटाइएको छ ।
त्यसै गरी इन्जिनियरिङ सेवातर्फ प्रमिला बज्राचार्यलाई खानेपानी मन्त्रालय र कृषि तथा वन सेवाका डा. कृष्णप्रसाद आचार्यलाई कृषि तथा पशुपन्छी मन्त्रालयमा पदस्थापन गर्ने निर्णय भएको छ ।
गत बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चारै जना सचिवलाई बढुवा तथा पदस्थापन गर्ने निर्णय गरेको थियो ।


