फोटो पत्रकार र्राईमाथि प्रहरीले लाठी प्रहार गरेर घाइते बनाएको घटनाप्रति महासंघको ध्यानाकर्षण

काठमाडौं । समाचार संकलनका क्रममा नेपाल लाइभका फोटो पत्रकार निमेषजङ्ग र्राईमाथि प्रहरीले लाठी प्रहार गरेर घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

असार १९ गते शनिबार विद्यार्थी संगठनद्वारा मिनभवनमा गरिएको प्रदर्शनको समाचार संकलनको क्रममा विद्यार्थी र प्रहरीबीच भएको धरपकडका कारण लेडेका फोटो पत्रकार र्राईमाथि पत्रकारको पहिचान खुल्दा खुल्दै पनि प्रहरीले लाठी प्रहार गरेको थियो ।

स्वतन्त्ररूपमा पेशागत कर्म निर्वाह गरिरहेका पत्रकारमाथि प्रहरीद्वारा गरिएको यो हर्कत आपत्तिजनक हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो । महासंघ घटनामा संलग्न प्रहरीमाथि छानबिन गरी कारबाही गर्न र यस्ता घटना नदोरिनेतर्फ विशेष ध्यान दिन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

रोसन पुरी
महासचिव

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..