काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एमालेलाई एकताहुन नदिन बाहिरी शक्ति निरन्तर लागिपरेको आरोप लगाएका छन् ।
उनले आज बालुवाटारमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै त्यस्तो आरोप लगाएका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘योजनाबद्ध राष्ट्रपति संस्था संवैधानिक संस्था विधि पद्धतिमाथि निरन्तर आक्रमणको प्रयास भइरहेको छ ।’
साथै उनले पार्टीको नेता हो भन्ने अरूको दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्ने र अरूको पार्टीको हित हुने कार्य सह्य नहुने बताए । पार्टीको एकता जोगाउन अधिकतम लचिलो हुन तयार भएको बताए।
ओलीले भने, ‘हाम्रो आन्दोलन धेरै मजबुत छ, बाहिरी तथा भित्री आक्रमण प्रतिरोध गरेर सशक्त ढंगले अगाडि बढ्छ, उपाध्यक्ष वामदेव गौतम पार्टी एकता जगाउन यो बैठकमा आउनुभएको छ, उहाँलाई स्वागत गर्दै अन्य कमरेडहरूलाई पनि भोलि हुने बैठकमा सहभागी हुन आग्रह गर्दछु ।’
साथै, प्रम ओलीले उपाध्यक्ष गौतमलाई जिस्काउँदै भने, ‘वामदेवजीलाई आउने जाने क्रम जारी नगरी आको आई गर्न अनुरोध गर्छु ।’


