विपद्को क्षतिको विवरण तीन दिनभित्र पेश गर्न गृहमन्त्री पौडेलको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विष्णु पौडेलले प्राकृतिक विपद्को क्षतिको विवरण र पुनर्निर्माण कार्ययोजना पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

विपद् व्यवस्थापन सम्बन्धी बिहीबार आयोजित समन्वयात्मक बैठकमा गृहमन्त्री पौडेलले सम्बन्धित मन्त्रालयका सचिव र सरोकारवालालाई क्षतिको विवरण तयार गरी कसरी पुनर्निर्माण गर्न सकिन्छ भन्नेबारे कार्ययोजना तीन दिनभित्र पेश गर्न निर्देशन दिएका हुन् ।

बैठकमा मन्त्री पौडेलले विपद् प्रभावित क्षेत्रमा चाँडोभन्दा चाँडो राहत उपल्बध गराउनु पर्ने, सडक अवरुद्ध हुन नदिने र अत्यावश्यक संरचना पुनर्निर्माण गर्न निर्देशनसमेत दिएको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिए । बैठकमा संघीय मामिला, खानेपानी, शहकी विकास, भौतिकपूर्वाधार, अर्थमन्त्रालयलगायत सम्बन्धित मन्त्रालयका सचिवहरु र सुरक्षा निकायका प्रमुखहरु उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..