लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ


झापा । झापा कमल गाँउपालिका ३ पुर्व-पश्चिम मुख्यराजमार्गको केर्खा बजार स्थितबाट लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा मेचीनगर १५ का २० बर्षीय सुवास मेचे र सोही नगरपालिका १० २५ बर्षीय सुरज लामिछाने रहेका छन् ।

हिजो बेलुका साढे ३ बजे टेम्पु चढी आउदै गरेको अबस्थामा बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक र लागूऔषध नियन्त्रण व्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउन सुगर ८८ ग्राम सहित उनिहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनिहरु उपर थप अनुसन्धान भई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..