प्रधानमन्त्री ओलीको अनावश्यक धम्कीले कुनै न्यायाधीश डराउँदैनन्,निष्पक्ष फैसला आउँछ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायाधीशलाई धम्काइरहेकोे आरोप लगाउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा देउवाले न्यायाधीशहरुलाई ओलीले अनावश्यक धम्की दिएको भन्दै कुनै न्यायाधीश नडराउने र निष्पक्ष फैसला आउने बताउनुभयो ।

सभापति देउवाले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम आफूले दाबी गरेकाले आफूलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेकेमा असन्तुष्टि व्यक्त गर्नुभयो ।

देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता जस्तो भएको टिप्पणी पनि गर्नुभयो । त्यस्तै उहाँले छिमेकी बदल्न नसकिने भन्दै दुबै छिमेकीसँग सन्तुलित सम्बन्ध राख्नुपर्ने जिकिर गर्नुभयो । देउवाले कमिसनका कारण कोरोनाको खोप नआएको ठोकुवा पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..