कमला नदीमा फँसेका चार जनालाई सेनाले गरे उद्धार,प्रजिअ समेतका सुरक्षा टोलिद्वारा अनुगमन

सिरहा । प्रदेश २ को सिरहा र धनुषा जिल्ला जोडने कमला नदीमा अहिले पानीको बहाब निरन्तर बढदै गएपछि अलर्ट गरिएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले कमला नदी आसपास क्षेत्रमा टोली सहित अलर्ट जारी गरेका छन् । अहिले जिल्ला विपद ब्यबस्थापन समिति सिरहाको टोलीले कमला तटको गाउँवस्तीमा पुगेर नीरिक्षण गरेका छन् ।

उनका अनुसार, सिन्धुलीतर्फको बहान ३ मिटर र सोभन्दा तल अर्थात सिरहा धनुषातर्फ डेढ मिटर बहाब बढेको हो । पानीको सहत डेढ मिटर बढनुको साथै निरन्तर बढोत्तरी हुन थालेपछि आसपाको ईलाकामा अलर्ट जारी गरिएको सिडिओ कणेलले बताए । 

सोही क्रममा सिरहाको कर्जन्हा नगरपालिका – ३ सुन्दरपुरस्थितबाट तीन महिला र एक पुरुष बाबालाई डुङ्गा प्रयोग गरि उद्धार गरिएको छ । कमला नदीमा फँसेको बेला सूचना पाए लगत्तै जिल्ल विपद व्यवस्थापन समिति सिरहाको टोली र नेपाली सेनाको टोलीले उद्धार गरेको छ । 

बुधबार दिउँसो नदीमा फँसेकी दुई महिला र एक साधुबाबालाई सेनाको टोलीले उद्धार गरेको हो । डुँगा (नाउ) को साहाराले बीच नदीमा फँसेका उनीहरुलाई बग्नबाट जोगाएको सिडीओ कणेलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..