रौतहटको बागमती नदिले खतराको सतह पार ग-यो, सतर्क रहन अनुरोध

रौतहट । रौतहटको बागमती नदिले खतराको सतह पार गरेको छ । गएरातीदेखिको लगातारको वर्षाको कारण जिल्लाको पूर्वी भेगमा रहेको बागमती नदिको सहत बुधबार बिहान ५ सय ३० मि.लि. रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।‘सामान्य त बागमती नदिमा ५ सय मि.लि. खतरको लेभल हो,’ प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भन्नुभयो, ‘आज बिहान बागमती नदिको लेभल ५ सय ३० मि.लि. छ । त्यसैले सबैजना सचेत हुन अत्यावश्यक छ ।’


उहाँले नदिमा पानीको सतह बढेपनि नदि छेउमा रहेका बाँधको सतहभन्दा कम रहेकाले तत्काल बाढी गाउँपस्ने जोखिम भने नरहेको बताउनुभयो ।
उहाँले तटिय क्षेत्रका मानिसहरुलाई नदि छेउमा नजान सर्तक गराउँदै सचेत भएर बस्न आग्रह गर्नुभयो । नदीको तह बढेकाले नदिमा बगाएर ल्याएका दाउरा टिप्ने, माछा मार्ने, नदि आसपास रहेका खेतहरुमा काम गर्न जाने लगायतका कृयाकलापले दुर्घटनाको जोखिम बढाउने भन्दै प्रजिअ यादवले त्यस्ता जोखिमयुक्त कृयाकलाप नगर्न स्थानियलाई आग्रह गर्नुभयो ।


लगातारको वर्षासँगै जिल्लका बागमती, लालवकैया, चाँदी, झाँझ नदिहरुमा पानीले सतह बढेकाले तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको छ ।बागमती र लालबकैया नदिमा आउने बाढीको कारण वर्षेनी दुर्गाभगवती गाउँपालिका, राजदेवी नगरपालिका, गौर नगरपालिका, वौद्धिमाई नगरपालिका लगायतका स्थानिय तहहरुका दर्जनौ गाउँहरु वर्षेनी प्रभावित हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..