किसान समृद्ध नभएसम्म देश बिकास असम्भव : उप-सभापति यादव

लहान । जिल्ला समन्वय समिति सिरहाका उप-सभापति सरोज यादवको बिशिस्ट अतिथिमा कृषि ज्ञान् केन्द्र सिरहाले सन्हैठा गाउँमा धान रोपेर १८औं राष्ट्रिय धान दिवस मनाइएका छन् ।

सो अवसरमा उप सभापति यादवले भने, ‘कृषि प्रधान देश नेपाल किसान समृद्ध नभएसम्म प्रदेश र देश समृद्ध हुन नसक्ने कुरा बताउनु भएको छ । उहाँले देश र प्रदेशको आर्थिक समृद्धि र आर्थिक विकासका लागि आधुनिक प्रविधिबाट एकिकृत कृषि प्रणालीमा जोड दिनुपर्ने कुरा बताएको छन् ।

कृषि ज्ञान् केन्द्र सिरहाको संयोजनमा हुलाकी राजमार्गमा पर्ने सन्हैठा गाउँमा भएको धान रोपाई कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समिति सिरहाका सभापति राम चन्द्र ठाकुर , बिशिस्ट अतिथि उपसभापति सरोज यादव , बिशिस्ट अतिथि प्रमुख जिल्ला अधिकारी प्रदीप राज कणेल , बिशिस्ट अतिथि सशस्त्र प्रहरी बल ७ नम्बर गण सिरहाका प्रमुख एसपी दिपेन्द्र गिरि ,बिशिस्ट अतिथि कोष तथा लेखा नियन्त्रण कार्यालय सिरहाका प्रमुख एम गिरि र कृषि ज्ञान केन्द्र सिरहाको प्रमुख किसुन देव राउत सहित स्थानीय किसानहरुको उपस्थितिमा खेतमा धान रोपाई गरि धान दिवस मनाइएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..