अब्बल एसपीको छाप छोड्दै फर्किए सन्तोष खड्का

विराटनगर । शान्ती सुरक्षाको दृष्टिकोणले अत्यन्तै चुनौतीपूर्ण मानिएको मोरङ जिल्लामा प्रहरी प्रमुख सन्तोष खड्काले आफ्नु १२ महिना कुशलतापुर्वक बिताउनुभएको छ । जिल्लाका प्रिय प्रहरी प्रमुखका रूपमा मात्रै होईन आफ्नु छुट्टै पहिचान समेत बटुल्न सफल हुनु भएका एसपी खड्का एक ब्यावसायीक, निष्ठावन र सदाचार प्रहरी अधिकृतका रूपमा समेत रहेको चर्चा प्रहरी भित्रभित्रै हुने गर्छ ।

प्रहरी संगठनप्रति दाग आउन दिनुहुन्न, संँगठनको ओहोदा र पदिय मर्यादाको सदैव ख्याल गर्नुपर्छ । इमान्दारीतालाई कहिल्यै मर्न दिनुहुन्न भनी विशेष जोड दिदै आएका उहाँलेे आइजी साबबाट भएको निर्देशिकाको सदैव अक्षरंश पालना गर्दैआउनु भएको छ । आइजी साब र गृहमन्त्री ज्युको निर्देशनलाई पालना गर्ने म एउटा सिपाही मात्रै हुँ भन्नुभएको संगठनको आस्थाप्रति सदैव चल्दै आउनु भएका उहाँले जनताको आड भरोसालाई कहिल्यै मर्न दिनुभएनन् ।

सदैव कानुनको दायरा र ओहोदामा रही अघि बढ्ने उहाँ मोरङ आएपछि झन् शिखरको चुचुरोमा पुग्नु भयो । अन्यायमा परेकालाई न्याय दिने, दिन दु:खीको सहारा बन्न पाउँदा आनन्दित मात्रै हुनुभएको छैनन् की प्रफुल्लित समेत हुनुभयो । जागीरको यो दौरानमा उहाँ कयौं ठाउँमा सरुवा हुनुभयो । जहाँ बसेपनि जनताको जनताको सेवा गर्नुभयो । उहाँले मोरङ आएर पनि धेरै उपलब्धिमूलक कार्य गर्नुभयो ।

गत १८ वैशाखमा मोरङको रतुवामाई नगरपालिका–४ सिङ्गारीस्थित मकैबारीमा एक महिलाको शव भेटियो । ती महिला कानेपोखरी गाउँपालिका–२ बस्ने बर्ष ३० की सरिता सोरेनबास्के थिइन् । अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न जिल्ला मोरङ रतुवामाई नगरपालिका–६ डेरामारी बस्ने वर्ष ३२ को सुफल हस्दा ३ असारमा पक्राउ परे ।

यस्तै, ७ जेठमा सुन्दरहरैचा नगरपालिका–३ बस्ने ४५ वर्षीय बिष्णुऋषि देवको धारिलो हतियार प्रहार गरी हत्या भयो । हत्यामा संलग्न २४ वर्षीय पुजन राईलाई मोरङ प्रहरीले तत्काल पक्राउ गर्न सफल भयो । राई अहिले पुर्पक्षको लागि कारागार चलान भएका छन् । ३ वैशाखमा पूर्वाञ्चल विश्वविद्यालय हुन लागेको ईन्जिनियरिङ संकायतर्फको बीई सेकेन्ड सेमेस्टारको फिजिक्स विषयको मूल प्रश्नपत्र परिक्षापूर्व नै बाहिरिएको सम्बन्धमा अनुसन्धान गर्न प्रहरीलाई अनुरोध आयो ।

मोरङबाट अनुसन्धान टोली गठन भई गहन अनुसन्धान प्रारम्भ भयो । अनुसन्धानका क्रममा पूर्वाञ्चल विश्वविद्यालयको फोटोकपी गर्ने कर्मचारीले सामाजिक सञ्जाल प्रयोग गरी प्रश्नपत्र बाहिर ल्याएको खुल्यो । यो घटनामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिई शिक्षा ऐन २०२८ बमोजिम थप अनुसन्धान थाल्यो । ती व्यक्ति अहिले अदालतबाट धरौटीमा छुटेका छन् ।

मोरङ प्रहरीले पछिल्लो वर्ष गरेका केही सफल अनुसन्धानका उदाहरण हुन् । हालै जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी प्रमुखबाट सरुवा भएका एसपी सन्तोष खड्काको पालामा यस्तो थुप्रै घटनाहरुमा प्रहरीले सफल अनुसन्धान गरेको छ । चाहे त्यो मुलुकभर चर्चाको विषय बनेको प्रवीण बास्तोला हत्या प्रकरण होस् वा व्यवसायीलाई डराई धम्काई लुटपाट गर्ने घटना ।

यस्तै, जुवातास तथा सट्टेबाजी लगायत गतिविधिमा संलग्नहरुलाई पनि पक्राउ गर्न मोरङ प्रहरी सफल भएको छ । विगत १ वर्षको अवधिमा मोरङ प्रहरीले अवैध सामान चोरी निकासीतर्फ ४ करोड ७७ लाख २८ हजार रुपैयाँ बराबर राजस्व संकलन गरेको छ । चोरी निकायमा संलग्न ६४ जना पक्राउ परेका छन् । ८२ सवारी साधन नियन्त्रणमा लिइएको छ । यस्तै, नदीजन्य सामग्रीको अवैध उत्खनन गर्ने २५४ वटा सवारीसाधन सहित १२ जना पक्राउ गरिएको छ । जसबापत २७ लाख ६३ हजार जरिवाना संकलन भएको छ ।

काठ तस्करीमा संलग्न ९ जना पक्राउ र १० लाख राजस्व उठेको छ । उक्त अवधिमा १२१ जना फरार प्रतिवादी पक्राउ परेका छन् । उनीहरुबाट जरिवाना २९ लाख ४६ हजार असुल उपर गरिएको छ। यस्तै, कटुवा पेस्तोल ४, गोली थान ३, ३०३ को गोली थान–५, गोली लोड गर्ने चाँचर २ थान, अटोमेटिक पेस्तोल २, सेमी अटोमेटिक पेस्तोल १, भरूवा बन्दुक ७ गरी जम्मा १४ थान हतियार बरामद भएको छ र १८ जना पक्राउ परेका छन् । यस्तै, भारतीय नक्कली नोट १७ हजार ७ सय सहित २ जनालाई पक्राउ गरिएको छ ।

नेपाली नक्कली नोट १७ हजार ७ सय बरामद भएको छ । यस्तै, १७३ केजी १६ ग्राम गाँजा, १३ ग्राम ८६ मिलीग्राम चरेश र १९४ ग्राम खैरो हिरोईन, नाईट्रभेट–७२१८, लुपिजेसिक–१६९३, डाईजेपाम–४२, एभिल–४११, नाईट्रोसन–११०, डाईजेल्याव–८८९, स्मासोप्रोक्सिभन–२६२८, नाईट्रोजेपाम–७४१, फेनारगन–६००, नुरफिन–१९० सहित २८६ जनालाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

एसपी खड्काको मोरङमा खटिँदै गर्दा त्यतिबेला मुलुकको पूर्वी क्षेत्रमा विप्लव नेकपा पार्टीको गतिविधि अत्यधिक आतंक थियो । विशेषगरी त्यसलाई नियन्त्रण गर्नका लागि पनि सरकारले उनलाई त्यहाँ खटाएको थियो । पछि विप्लव नेकपा शान्ति प्रक्रियामा आएपछि भने प्रहरीलाई त्यो जिम्मेवारी हट्यो । एसपी खड्काले आफ्नो कार्यकालमा अपराध नियन्त्रण, सीमामा चोरीतस्करीमा कडाइ, फरार प्रतिवादी पक्राउ, लागूऔषध कारोबारमा नियन्त्रणमा काम गरेको बताए ।

गाउँसहरमा पैसा लगानी गर्ने र घरबासै उठीबास गर्नेहरु गिरोहलाई पनि उनकै कार्यकालमा कारबाही भयो । यस्तै, सीमाबाट हुने अवैध चोरीनिकासीतर्फ विगतको तुलनामा ६५ प्रतिशत बढी राजस्व संकलन भएको बताए । ‘मोरङमा खटिएपछि प्रायः प्रहरी कार्यालयहरुमा बेवारिसे मोटरसाइकल, गाडीहरु वर्षौंदेखि ठाउँ ओगटेर सडेर बसेको पाएँ, प्रहरी ऐनको व्यवस्थाअनुसार जिल्लाभरका ती सवारीसाधनलाई लिलामी प्रक्रियामा लगिएको छ,’ उनले भने ।

यही मोडललाई अधिराज्यभरका अरु प्रहरी कार्यालयहरुले पनि अनुशरण गर्न सक्ने उनको भनाइ छ । केन्द्रमा नेकपाको विभाजाले विराटनगर पनि तनावग्रस्त बन्यो । दिनहुँ पार्टीका भातृ तथा विद्यार्थी संगठनहरुले आन्दोलन गर्न थाले । त्यसलाई पनि सफलतापूर्वक नियन्त्रणमा लिन उनी सफल भए । यस्तै, आफ्नो कार्यकालमा नेपालमा भारतबाट अवैध रुपमा भित्रिने औषधि नियन्त्रणमा गरिएको कार्यलाई पनि विशेषरुपले सम्झिन्छन् ।

‘औषधि व्यवस्था विभागले अनुमति नदिएको भारतमा खुला रहेको तर नेपालमा प्रतिबन्धित रहेका औषधि आयात र विक्रीलाई हामीले रोक्यौं,’ उनले भने, ‘यस्तै नक्कली रेम्सेडिभिरसहित पक्राउ तथा हुन्डि कारोबार नियन्त्रण पनि काम भएका छन् ।’

कोरोना संक्रमणका कारण काठमाडौंलगायत सहरमा बेड, अक्सिजन लगायतको हाहाकार हुँदा पनि मोरङमा त्यस्तो अवस्था नरहेको र प्रहरीले अक्सिजन सिलिन्डर, आइसोलेसन सेन्टर लगायतको व्यवस्थापनमा काम गरेको उनले बताए । ‘सबैभन्दा महत्वपूर्ण कुरा आफ्नो कार्यकालमा विवादित भइएन, यी सबैका लागि मेरो टिमले उत्तिकै सहयोग गरेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..