प्रधानमन्त्री ओली भन्छन् – माधवलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीका लागि प्रस्ताव नगरेको जिकिर गरेका छन् । बालुवाटारमा आयोजित मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा उनले सो जिकिर गरेका हुन् ।

‘केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो भन्दै हिँडेका छन्। मलाई बौलाहा कुकुरले टोक्या छ र ? कोही नेपालमा नभेटाएर यस्ता मान्छेलाई प्रस्ताव केपी ओलीले राख्ला ?’ ओलीले भने ।

नेपाल प्रचण्डको मामुली कार्यकर्ता भएको ओलीले बताए । नेपालले नेपाली कांग्रेस प्रवेश गर्ने उनको भनाइ छ। ‘शेरबहादुर देउवाको पार्टी ज्वइन गर्न सक्छन् । पछि प्रचण्डको पार्टी एकै हुने हो । माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता हो ।’ ओलीले भने

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..