फेक आइडी बनाएर चरित्र हत्या गरिएको भन्दै कारबाहीको लागि साइबर ब्यूरोमा उजुरी

काठमाडौं । ब्राह्मण एकता समाजका नाममा फेक आइडी बनाएर समाजिक सद्भाव खलबल्याउने र चरित्र हत्या गर्नलाई कारबाहीको माग गरिएको छ ।
नेपाली काँग्रेस बैतडीका १५ जना नेताका तर्फबाट जनक भट्टले काठमाडौंस्थित साइबर ब्यूरोमा आइतबार उजुरी दिएका हुन् ।

केही दिनदेखि काँग्रेस सम्बद्ध व्यक्तिहरुको नाम र तस्वीर राखि ब्राह्मण एकता समाज बैतडी नामको फेक आइडीबाट आफ्नो व्यक्तिगत प्रतिष्ठामाथि आँच आउने काम गरिएको भट्टद्वारा दर्ता गराइएको उजुरीमा उल्लेख छ ।

साथै जातिय, धार्मिक र सामाजिक सद्भाव खलबल्याउने पोस्ट गरिने गरिएको भन्दै उजुरीमा कारबाहीको माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..