जयकृष्ण गोइतविरुद्ध पक्राउ पुर्जी जारी

लहान । तराई क्षेत्रमा हिंसात्मक गतिविधि सञ्चालन गर्दै आइरहेको तराई जनतान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी) का अध्यक्ष ९२ वर्षीय जयकृष्ण गोइतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत सिराहाले सोमबार गोइत र उनकै समूहका रामविलास यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

प्रहरीको विभिन्न अनुसन्धान प्रतिवेदन र विकास कुमार सरडाले विभिन्न स्थानमा बम विस्फोटमा संलग्न भएको भनी दिएको जाहेरीका आधारमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला अदालत सिराहाले जनाएको छ । बाटोको म्यादबाहेक ३५ दिनभित्र अदालतमा आफैं वा पक्राउ भएर उपस्थित हुन भनेको छ ।

अन्यथा कुनै उजुरबाजुर नलाग्ने अदालतले प्रष्ट पारेको छ । त्यसैगरी सिराहा जिल्ला अदालतबाटै २१ दिने समाह्वान म्याद पनि जारी भएको छ । भूमिगत गोइत हाल भारतमा रहेको आशंका गरिँदै आएको छ ।


गोइत नेतृत्वको समूहले तराई–मधेस क्षेत्रमा हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएको छ । पृथकतावादी समूह सीके राउतलगायतलाई मूलधारको राजनीतिमा ल्याए पनि सरकारले यो समूहलाई भने शान्तिपूर्ण राजनीतिमा अवतरण गराउन ठोस पहल गरेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..