सवारी दुर्घटनाबाट तिन जनाको मृत्यु २ जना घाईते

सुनसरी । सुनसरी कोशी गाऊपालिका ८ नङ्खु टोल स्थित पुर्ब-पश्चिम राजमार्गमा हायसले पिकअप र मोटरसाईकल ठक्कर दिँदा ३ जनाको मृत्यु र २ जना घाईते भएका छन् ।

आज बिहान पौने ८ बजे पुर्बबाट पश्चिम तर्फ जादै गरेको बा ३ ख ७२२४ नम्बरको हायस गाडीले बिपरित दिशाबाट आउदै गरेको स६प ४६६१ नम्बरको मोटरसाईकल र को१च ९३६८ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको थियो ।

सो दुर्घटनाबाट गम्भिर घाईते भएका मोटरसाईकल चालक सप्तरी डाक्नेश्वरी ५ का २८ बर्षीय उदय साह, मोटरसाईकल पछाडी सवार मोरङग बिराटनगर ९ का ४५ बर्षीय राम प्रसाद साह र पिकअप चालक बिराटनगर ७ का ४० बर्षीय अक्षय कुमार गुप्ताको जिल्ला अस्पताल ईनरुवा उपचारको क्रममा मृत्यु भएको छ ।

उक्त दुर्घटनाबाट घाईते भएका हायस चालक नुवाकोट बिदुर नगरपालिका १३ का ३५ ३५ बर्षीय विवस तामाङ् र हायसको सहचालक सोही स्थान ११ का २५ बर्षीय नारायण बत्सयालको बिराट नर्सिङहोममा उपचार भईरहेको छ । दुर्घटना भएका तिन वटै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..