करणी गरेको आरोपमा युवक पक्राउ

वीरगञ्ज । १५ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा पर्सामा एक युवकलाई पक्राउ परेका छन् । पर्सागढी नगरपालिका– ७ फुलबरिया बस्ने २० वर्षीय कृष्ण पटेललाई प्रहरीले पक्राउ गरेको हो ।गएराति साढे ९ बजे पक्राउ परेका कृष्ण तथा पर्सागढी ६ चैनपुर बस्ने २० वर्षीय कमलेश सहनी १५ बर्षीया किशोरीको घर पुगेका थिए ।


परिवारका अन्य सदस्यहरु सुतिरहेको मौका छोपी किशोरी सुत्ने कोठामा प्रवेश गरी धाकधम्की दिई किशोरीलाई जर्बजस्ती करणी गरेको आरोप कृष्णलाई लागेको छ । कोठाको ढोकामा कुरुवा बसेका कमलेश फरार छन् ।


किशोरीको बुवाको जाहेरी दरखास्तको आधारमा कृष्णलाई असार १० गते नै पक्राउ गरेको थियो ।पर्सा जिल्ला अदालतबाट जबरजस्ती करणी सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी उनी विरुद्ध थप अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

फरार कमलेशको खोजतलास भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..