मेलम्चीमा फेरि बग्यो एक घर, तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन अनुरोध

काठमाडाैँ । मनसुन सक्रिय भएर लगातारको वर्षा भएपछि मेलम्ची नदीमा पुन पानीकाे सतह बढेकाे छ । यससँगै नदीले एक घर बगाएकाे छ ।
मेलम्ची वडा नं ११ मा रहेकाे एक घर नदीकाे कटानसँगै शनिबार बगेको हाे । स्थानीय बासी गोपाल दुलालको तीन तल्ले घर शनिबार बिहान बाढीले कटान गरेर ढालेको हो ।

२ दिनसम्म मनसुन सक्रिय रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले मेलम्ची खोलाको बहाव बढेको छ । मेलम्ची र इन्द्रावती नदी तट र तल्लो भेगका खोला किनारामा रहनेलाई सुरक्षित रहन अनुरोध गरिएको छ ।मेलम्चीमा यही असार १ गते आएको लेदोसहितको बाढीले केही घर, कार्यालय भवन तथा विद्यालय बगाएको छ भने दर्जनौँ पुल र अन्य भौतिक संरचनामा क्षति गरेको छ ।

बाढीका कारण केहीको मृत्यु र करिब २ दर्जन व्यक्ति बेपत्ता भएका थिए । खोलामा बाढी आउने क्रम नरोकिएकाले सतर्क रहन अनुरोध गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..