चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

कैलाली । चोरी मुद्दाका फरार प्रतिवादी धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँ बस्ने महेश रानालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत कैलालीको २०७६ जेठ १५ गतेको फैसलाले चोरी मुद्दामा १९ दिन कैद र १ लाख ६ हजार १ सय २३ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले धनगढी उपमहानगरपालिका-८ बाट पक्राउ गरेको हो ।

धनगढी उपमहानगरपालिका-१ बशन्तटोल बस्ने ३५ वर्षीया शान्ति चौधरीको घरबाट ल्यापटप, मोबाईल र नगद गरी जम्मा १ लाख ४० हजार ६ सय रुपैयाँ बराबरको धनमाल चोरी गरेको घटनामा अदालतले उक्त कैद तथा जरिवाना फैसला गरेको थियो ।

उनलाई कैद भुक्तान र जरिवाना असुलीका लागि कैलाली कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..