मदीपक मनाङेले प्रचण्डलाई भेटे

काठमाडौं । गण्डकी प्रदेशका स्वतन्त्र सांसद एवं विनाविभागीय मन्त्री दीपक मनाङेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । आइतबार प्रचण्डलाई भेट्न मनाङे खुमलटारस्थित अध्यक्ष प्रचण्डको निवासमा पुगेका हुन् ।आफूले अध्यक्ष प्रचण्डसँग फेसबुकमा भेटेको तस्वीर सार्वजनिक गर्दै पछिल्लो राजनीतिक घटनाक्रमबारे बृहद् छलफल भएको उनले बताएका छन् ।


स्रोतका अनुसार गण्डकी प्रदेशमा शक्तिशाली मन्त्रालयको बार्गेनिङ गर्दै आएका मनाङेले त्यसैका लागि भेटघाट गरेका छन् ।मनाङेकै कारण गण्डकीका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाएर कृष्ण चन्द्र पोखरेल मुख्यमन्त्रीमा नियुक्त हुन सफल भएका थिए ।


नेपाली मुख्यमन्त्रीमा नियुक्त भएसँगै उनले मनाङेसहित चार जनालाई विनाविभागी मन्त्रीमा नियुक्त गरेका थिए । तर, अहिलेसम्म कुनै मन्त्रालय उनीहरुलाई दिइएको छैन ।

स्रोतका अनुसार ११ मन्त्रालयमध्ये शक्तिशाली मानिएको अर्थ मन्त्रालय जसपाले पाउने निश्चित भइसकेको छ भने आन्तरिक मामला र भौतिक पूर्वाधार मन्त्रालयका लागि कांग्रेस माओवादी र मनाङे पनि संघर्षमा छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..