विराटनगरमा लागुऔषध गाँजा तस्कर पक्राउ

विराटनगर । गाँजा तस्करमा संलग्न तीन भारतीय सहित ५ जनालाई मोरङ प्रहरीले विराटनगरबाट प्रक्राउ गरेको छ । विराटनगरमा चेक जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रक्राउ पर्नेमा भारतको समोल पञ्चायत फार्बिजगन्जका सोनुकुमार यादव, अररिया पिर्पाघाट पञ्चायत विशनपुरका जयराम यादव, अररिया नरगथगन्ज सोनापुरका रन्जित भन्ने प्रिन्स विचितर कुमार राई त्यस्तै सुनसरीको देवनगन्ज गाँउपालिका १ का उमेश यादव र धनकुटाको सहिदभुमि गाँउपालिका १ का रुद्र राई पनि पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ ।पक्राउ परेका प्रिन्स विचितर कुमारको साथबाट प्रहरीले नेपाली नगद ७ लाख १६ हजार ६ र २ हजार भारतीय रुपैयाँ बरामद गरेको छ ।

प्रहरीले गाँजा ओसारपसारमा प्रयोग गरिएको को १ च २४१२ नम्बरको मारुती भेन र चालक सुनसरी धरानका सुर्य राइलाई समेत पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका वडा नं. ५ रामपुर स्थित झाडीमा लुकाइएको अवस्थामा १८ केजी गाँजा बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राइले जानकारी दिनु भयो ।

पक्राउ परेका पाचै जनालाई लागु औषध मुद्यामा म्याद थप गरि अनुसन्धान सुरु गरेको मोरङ प्रह्रीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..