लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनद्वारा प्रदेशसभा बैठक बहिस्कार

लुम्बिनी । आज बजेटमाथि छलफलका लागि बोलाइएको लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध भएको छ। कार्यकता पोस्ने बजेट ल्याएको भन्दै विपक्षी गठबन्धनले सभा बहिस्कार गरेको हो।

नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कडौडियाले सभामा धारणा राखेपछि विपक्षी गठबन्धन सबै सांसद सभाहलबाट बाहिरिएका हुन्। सहमतिका लागि बैठक एक घण्टाका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए।

कांग्रेस प्रदेशसभा प्रमुख सचेतक फकरुद्धिन खानले समृद्धि र विकास भन्दा पनि कार्यकता पोस्ने बजेट सरकारले ल्याएको भन्दै त्यसको स्वामित्व हामीले लिन नसक्ने बताए। कांग्रेस दलका नेता वीरेन्द्र कनौडियाले सभामा धारणा राख्दै कार्यकता पाल्ने र एमालेकरण बन्ने खालको बजेट आएको बताए। विगतका तीन वर्षमा आएको बजेटभन्दा सबैभन्दा खराब बजेट आएको दावी गरे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..