निजामती सेवाका यी ३ कमाण्डर,जस्ले पढेका थिए एउटै सरकारी विद्यालय

काठमाडौं । संयोग पनि कस्तो सिंहदरबारभित्रका तीन कमाण्डर, एउटै सरकारी विद्यालय पढेका । निजामती कर्मचारी वृत्तमा कहिलेकाहिँ रमाइला संयोगहरु देखा पर्दछन् । जस्तो एकै जिल्लाका कर्मचारी एकै पटक देशका पाँच जिल्लाका सिडीओ बनेर रेकर्ड कायम गरेका छन् । यस्तै एकै जिल्लाको एउटै विद्यालयमा पढेका ५ जना एकै पटक सचिव बनेर मुलुकको कर्मचारी प्रशासन चलाएर केही अघि रेकर्ड बनाए ।

एकै जिल्लाको एउटै विद्यालयमा पढेका ५ विद्यार्थीहरु सचिव बनेर प्रशासन संयन्त्र चलाएका थिए दिनेशकुमार थपलिया,प्रेम राई,राजीव गौतम,ईश्वर नेपाल र दिनेश घिमिरेहरुले । जो संखुवासभाको एउटै विद्यालयका विद्यार्थी ।जसमध्ये दिनेश थपलिया,प्रेमकुमार राई,दिनेश घिमिरे,ईश्वर नेपालहरु अहिले पनि सरकारी ओहदामा बाहल छन् ।

हाल निर्वाचन आयोगको नेतृत्व गरिरहेका प्रमुख आयुक्त दिनेश थपलिया, गृह मन्त्रालयबाट अवकाश पाएर अहिले अख्तियारको प्रमुख आयुक्त रहेका प्रेम कुमार राई , हाल महालेखा परीक्षकको कार्यालयका उपमहालेखा परीक्षक ईश्वर नेपाल र हालै मात्र ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयबाट राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएका सचिव दिनेश कुमार घिमिरेदेखि एउटै विद्यालयका विद्यार्थीहरू हुन् ।

यि सबैले सङ्खुवासभा जिल्लाको हिमालय माध्यमिक विद्यालय खाँदवारीमा पढेका हुन् ।सोही जिल्लाकै सुरेश अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदै अहिले निर्वाचन आयोगको सचिवको जिम्मेवारीमा छन् । संखुवासभाकोझैं राजधानी भक्तपुरको एउटै विद्यालयमा अध्ययनरत तीन जना अहिले एकै पटक निजामती सेवाको उच्च ओहदामा कार्यरत छन् ।

उनीहरु हुन मणिराम गेलाल,शिशिर कुमार ढुंगना र महेश्वर न्यौपाने । यी तिनै जनाले भक्तपुरमा अवस्थित चाँगुनारायण माध्यमिक विद्यालयका विद्यार्थी । सरकारी स्कूलमा अब्बल सरकारी स्कूलभित्र पर्दछ यो विद्यालय,जहाँबाट मणिरामले ४० सालमा एसएलसी उत्र्तीण गरेका थिए भने शिशिर कुमार ढुंगनाले ४२ सालमा र महेश्वर न्यौपानेले ०४६ सालमा एसएलसी उत्र्तीण गरेका थिए ।

जसमध्ये महेश्वर न्युपाने अहिले गृह सचिवको रुपमा कार्यरत छन् भने शिशिर अर्थ मन्त्रालयको सचिवको रुपमा कार्यरत छन् । केही अघि सचिव बढुवा भएका इ मणिराम गेलाल अहिले उर्जा,जलश्रोत तथा सिँचाई मन्त्रालयको सचिवको रुपमा कार्यरत छन् ।
सचिव मणिराम गेलालका अनुसार,सोही विद्यालयमा पढेका उमेश ढुंगना अहिले महिला बालबालिका मन्त्रालयमा सह सचीव छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..